सुनकोशीमा हाम फालेर राई बेपत्ता

dubnu
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

खोटाङ, १ असार। सुनकोशीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासे नाप्तीकुका ५० वर्षीय ललिन्द्र राई रहेका छन्।

उदयपुरको बलम्तामा आफन्तको घर पुगेर फर्कने क्रममा राईले बतासे र उदयपुरको लिङचुङबुङ गाउँपालिका जोड्ने भँडारेघाटमा पुलबाट सुनकोशीमा हाम फालेका थिए।

उनी श्रीमतीसंगै घर फर्कंदै थिए। उनले किन आत्महत्या गरे भन्ने चाही खुलेको छैन। प्रहरीले बेपत्ता राईको खोजी कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्