सुमन राव मिस इन्डिया घोषित

suman pic
लाेकपाटी न्यूज

मुम्बई, १ असार । राजस्थान निवासी सुमन राव ‘फेमिना मिस इन्डिया २०१९’ घोषित भएकी छन्।  शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजित प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पर्दै उपाधि हात पारेकी हुन्।

भारतका हरेक साना तथा ठुला शहरका सुन्दरीहरुको स्पर्धा रहेको प्रतियोगितामा छतिसगढकी शिवानी जाधवले ‘मिस ग्रयाण्ड इन्डिया’ र बिहारकी श्रेया शंकरले ‘मिस इडिन्या युनाइटेड कन्टिनेट्स’ उपाधि हात पारे।कलेज अध्यायरत २० वर्षीया सुमनले थाइल्याण्डमा आयोजना हुने ‘मिस वल्र्ड २०१९’मा भारतको प्रतिनिधित्व गर्ने छिन्।

‘जव म कुनै विशेष लक्ष्यका लागि सर्म्पित हुन्छु। तव मेरो शरीरको नशा नशा आफ्नो जितका लागि सक्रिय रहन्छन्’ विजेता घोषित भएपछि सुमनले भनिन्। बलिउड कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्राङ्गदा सिंह, फेसन डिजाइनर फाल्गुनी शेन पीकाक र भारतीय फुटबलर सुनील क्षेत्रीको प्रतियोगितामा सहभागतिा थियो।

प्रतियोगितामा अभिनेत्री कट्रिना कैफ, विक्की कौशल, नौनी राय लगायतका बलिउड हस्तीका नृत्य प्रस्तुति पनि रेहको थियो। फिल्म निर्माता करण जौहर र अभिनेता मनिष पोलले कार्यक्रमको होष्टमा रहेका थिए।