महोत्तरी, ३२ जेठ। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहले महोत्तरीमा ६० बिघा जमिन कब्जामा लिएको छ।
यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो। महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विघा जमिन आफूहरुले पुन: कब्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ।
सुकम्बासीहरुलाई डर, त्रास, धम्की र घरपरिवारहरुलाई यातना दिन रातिराति मदिरासेवनको नसामा गएर किसान र सुकुम्बासीहरुलाई अनयासै दुःख दिने हर्कत गरिएको भन्दै विप्लव समूहले त्यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ।



लाेकपाटी न्यूज

