चितवन, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई नयाँ मोडलको विकास तर्फ लैजाने तयारी भएको बताएका छन्।
चितवनको रामपुरमा कृषि विश्व विद्यालयले आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको शनिबार उद्घाटन गर्दै उनले पुरानो ढंगले विकास अव संभव छैन, त्यसैले नयाँ मोडलको विकास आवश्यक रहेको बताए। समय अनुकुल विकास गर्न नसक्दा नेपाल पछाडि परेको स्मरण गर्दै उनले समय अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरे। विकसित मुलुकमा कृषिलाई धेरै महत्वको रुपमा हेर्ने गरिए पनि नेपालमा भने यसको महत्व चिन्न नसक्दा पछि परिएको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले भने, कृषिलाई आधुनिककरण नगरेसम्म विकासको स्वाद चाख्न पाइदैन। देशको आर्थिक विकासको लागि कृषिलाई आधुनिकीकरण गर्नु आवश्यक छ। नेपालमा उत्पादन भएको सामग्रीले यहीकालाई खान नपुगेको भन्ने भनाइप्रति खण्डन गर्दै अध्यक्ष प्रचण्डले भने ‘हामी प्रविधि भित्राउदैनौ पुरानै शैलीबाट काम गर्छौ अनि कसरी उत्पादन बृद्धि गर्न सकिन्छ।’ समय अनुकुलका विकासका सामग्री ल्याएर यहाँको कृषि उत्पादनलाई बृद्धि गराउनको लागि सम्बन्धित क्षेत्रलाई आग्रह गरे।
उनले भने ‘१० करोड जनतालाई खान पुग्ने गरी उत्पादन गर्न सक्ने क्षमता नेपाली माटोमा छ, तर यो हामीले चिन्न सकेका छैनौ।’ समय अनुसार काम गरेमा नेपाली जनतालाई खान पुगेर विदेश निर्यात गर्न सकिने अध्यक्ष प्रचण्डले बताए। समाजबाद ल्याउनको लागि उतपदन र रोजगार प्रयाप्त हुनु पर्दछ। हामी समाजवादको कुरा गछौ तर अभाव, आयातमा बाचेका छौं यसरी समाजवाद आउदैन। हामीले अहिलेबाटै उत्पादनलाई जोड दिनु पर्दछ त्यो पनि कृषिको माध्यमबाट।
रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थीसमेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डले कृषिमा इजरायलको प्रविधि नेपालमा भित्राउनको लागि सरकारको तयारी रहेको जानकारी दिए। भुगोलको हिसाबले चीन र भारत ठुलो भएपनि कृषिको उत्पादनको हिसाबले इजरायल धेरै अगाडि गएको बताए। राजनीति दलका शिर्ष नेताहरुले इजरायलको कृषि उत्पादन भ्रमण गरेर नेपालमा ल्याउन सकिने विधि भित्राउने तयारी भएको जानकारी दिए।



लाेकपाटी न्यूज

