एजेन्सी। बिहीबार शांघाई सहयोग सम्मेलन (एससीओ)को उद्घाटन कार्यक्रममा सहभागी भएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ।
एससीओको उद्घाटन कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगै शी जिनपिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीसमेत विश्व नेता उपस्थित थिए। उद्घाटन समारोहमा ती नेतालाई क्रमानुसार बोलाइएको थियो । त्यस समयमा परम्परा अनुसार सबै नेता उभिएका थिए तर पाकिस्तनका प्रधानमन्त्री इमरान खान भने बसिरहे।
इमरानको उक्त व्यवहार पाकिस्तानी समाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चामा छ। सम्मेलनको उद्घाटन समारोहमा क्रमानुसार प्रवेश गरेका विश्व नेताको परिचय गराइएको थियो। त्यो समय परम्परा र प्रोटोकल अनुसार सबै नेता र अन्य प्रतिनिधि उभिएका थिए। तर पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने त्यो अवसरमा बसिरहे।
उनी आफ्नो नाम उल्लेख हुँदा दुई सेकेण्डको लागि उभिए। तर उनी लगतै पुन बसे। इमरानको यो व्यवहारको पाकिस्तानी समाजिक संजालमा आलोचना भइरहेको छ। पाकिस्तानी पत्रकार शमा जुनेजोले टवीट्मा भनेछिन्, ‘इमरानले एससीओमा एक पटक पुनः देशलाई गिराएका छन्। जब ठूला विश्व नेता उभिएका थिए तब उनी भने बसिरहे।’ अन्यले पनि आफ्नो समाजिक संजालमा इमरानको कार्यले पाकिस्तानलाई लज्जीत बनाएको बताएका छन्।



लाेकपाटी न्यूज

