सिन्धुली, ३२ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कम्यूनिष्ट सरकारले जनतामा आतंक मच्चाएको र त्यसलाई नरोके कडा रुपमा प्रतिकार गर्ने चेतावनी दिएको छ। केपी–पीके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
पार्टीले आफुहरु विरुद्ध सरकारले चलाएको सुरक्षाकर्मीको कारण जनसमुदायलाई दुख दिएको र निर्धक्क भएर जिउने अधिकारको समेत हनन गरेको भन्दै ‘सर्च एण्ड एरेस्ट अपरेसन’ अभियान नरोके कडा प्रतिकार गर्ने बताएकाे छ।
सिन्धुलीका विभिन्न ठाउँमा जनपथ र सशस्त्र प्रहरीले चलाएको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ भन्दै सामान्य नागरिकलाई गिरफतार गर्ने र शारीरिक तथा मानसिक यातना दिएको भन्दै विप्लव समूहले एक विज्ञप्ती जारी गरी प्रतिकार गर्ने चेतावनी दिएको हो।




लाेकपाटी न्यूज

