काठमाडौं, ३२ जेठ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले स्व. पिताकाे स्मृतिमा आफ्नो पुर्खौली घरलाई धर्मशाला बनाउने भएका छन्। गुल्मी पुगेर उनले घरलाई धर्मशाला बनाउन शंकर भट्टराईको अध्यक्षतामा १५ सदस्य निर्माण कमिटी गठन गरेका छन्।
गुल्मी जिल्लाको रुरु गाउँपालिका रिडी स्थित आफ्नो पुर्खौली घरलाई स्व. पिता डा. टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने भएका हुन्। पुरानो संरचनामा बनेको २ तले घरलाई नयाँ डिजाइनमा धर्मशाला बनाउने बताउँदै स्वर्गीय पिताकै चाहना अनुसार धर्मशाला बनाउने निर्णय गरेको बताए।
बिहीवारदेखिनै काम सुरु गरी भुकम्प प्रतिरोधी धर्मशाल निर्माणका लागि असारको दोस्रो साता नै शिलान्या गर्ने महानिरिक्षक खनालकाे भनाइ छ। बसाइ अन्त सरेपछि पुर्खौली घरमा धेरै वर्षदेखि खनाल परिवार बस्न छोडेका थिए।
गत वर्षको १३ असोजमै सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्ला गुल्मीमा रहको आफ्नो घरलाई धर्मशाला बनाउने घोषणा गरेका थिए ।



लाेकपाटी न्यूज

