डेंगुको संक्रमण अझै बढ्न सक्ने विज्ञको चेतावनी

लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। यसपटक मनसुन अगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ।

‘मुख्य रुपमा बर्से्नि मनसुनपछि दसैँ–तिहारतिर डेंगु देखिने गथ्र्यो’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने ‘मनसुन अगाडि नै यति धेरै ठाउँमा डेंगु देखिएको पहिलो पटक हो।’ गत वर्ष दसैँ–तिहारतिर राजधानीको बालाजु क्षेत्र र पोखरामा डेंगु संक्रमण देखिएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डेंगुको कुनै विशिष्ट उपचार छैन। छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचार पु¥याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुनसक्छ।

प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १२८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छन्। आजको कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्