दाङ, २९ जेठ । दाङमा करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको पीडितको जाहेरीका आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ वर्षीय जीवन भनिने रुपक भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ।
गतबर्ष चैतदेखि दाङकी एक महिलालाई लगातार करणी गरेको आरोप लागेको छ। घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
उनलाई मुलुकी फौजदारी कार्यविधी २०७४ को दफा १४ वमोजिम पाँचदिन म्यादथप गरि अनुसन्धान गर्न लागिएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

