काठमाडौं, २९ जेठ । युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार फ्रान्स जाँदै छन्।
प्रधानमन्त्री नेतृत्वको नेपाली टोली अपराह्न फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता भने बिहीबारबाट गर्नेछन्।उनले फ्रान्सका समकक्षी एडुवार्ड फिलिपसँग सम्बन्ध विस्तार तथा आपसी हितका विषयमा गर्ने बताइएको छ।
फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि फ्रान्स सरकार तथा स्थानीय उद्योगी व्यापारीलाई आह्वान गर्नेछन्। प्रधानमन्त्री ओलीले फ्रान्सको राष्ट्रिय विधान सभामा पनि सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले आगामी शनिबार युरोपमा रहेका नेपाली राजदूतहरुसँग छलफल गर्ने र आइतबार काठमाडौं आइपुग्नेछन्।



लाेकपाटी न्यूज

