तपाईंको बुधबारको दिन कसरी बित्नेछ ? हेर्नुस् राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। बन्न लागेको काम विग्रिनेछ। साझेदारीको काममा उल्झन आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। आर्थिक कारोवारमा सफलता पाइएला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। भूमिबाट लाभ रहला। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )  भाग्यले विभिन्न अवसर जुराउनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ। पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  महत्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योगछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  सहकर्मीबाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। नियमित खर्चसमेत बढ्ने योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्