एजेन्सी। भारतीय वायुसेनाको विमान (एएन–३२) को भग्नावशेष भेटीएकाे छ। आठ दिनदेखि हराइरहेको उक्त विमानकाे भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको हाे।
उक्त जहाजमा १३ जना सवार थिए। भारतीय वायुसेनाले ट्विट गरेर जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।
असमको जोरहाटबाट उडान भरेको केही समयपछि उक्त मालवाहक जहाज विमानस्थलसँगको सम्पर्कबाट विच्छेद भएको थियो ।



लाेकपाटी न्यूज

