एजेन्सी। पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि हवाई मार्ग उपलब्ध गराउने भएको छ।पाकिस्तानले अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि बन्द गरेको आफ्नो हवाई मार्ग भारतीय प्रधानमन्त्री मोदीको किर्गिस्तान भ्रमणका बेला प्रयोग गर्न दिन सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन भारतले पाकिस्तानसमक्ष आग्रह गर्दै आएको थियो। मोदी जुन १३ र १४ मा किर्गिस्तान जाने कार्यक्रम छ।
पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिएको अवस्थामा मोदीले हवाई यात्रामा दोब्बरभन्दा बढी समय खर्चिनुपर्ने हुन्थ्यो।



लाेकपाटी न्यूज

