काठमाडौं, २७ जेठ। ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा एसिया मेडिकेयर अस्पतालका सञ्चालक पक्राउ परेका छन्। प्रहरीले विभिन्न व्यक्ति र संस्थासँग करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा सञ्चालकलाई पक्राउ गरेको हो।
विभिन्न व्यक्ति र संस्थासँग गरेर ५ करोड ७७ लाख ठगी गर्ने एसिया मेडिकेयर हस्पिटलका सञ्चालक सुरजकुमार सर्राफलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनले मेडिकल कलेज सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थासँग महँगो ब्याजमा ऋण लिएका थिए। समयमै भुक्तान दिन नसकेपछि पीडितहरुले उनी बिरुद्ध जाहेरी दिएका हुन्।
‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं,’ पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘ठूलो आर्थिक कारोबारको विषय हो।’ पर्सा प्रहरीका अनुसार सर्राफलाई ऋणदिने ब्यक्तिहरु समेत अनुसन्धानको दायरामा छन्। प्रहरीका अनुसार सर्राफलाई चक्रीय ब्याज (मिटर ब्याज)मा रकम लगानी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो। पक्राउ परेका सर्राफलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

