मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : मनमा सङ्का उत्पन्न हुनेछ। पारिवारिक उल्झनमापरि काम विग्रिएला। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। स्वास्थ्यमा खर्च बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ। यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मंगल कार्यको योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : कार्यक्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल



लाेकपाटी न्यूज
