काठमाडौं, २४ जेठ। काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ। सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले एक सूचना जारी गर्दै उपत्यकाभित्र मात्रै बिदा दिइएको जनाएका हुन्।




लाेकपाटी न्यूज

