काठमाडौं, २४ जेठ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दुईवटा वाइडबडी विमान खरिद सम्बन्ध गरेको उपसमितिको प्रतिवेदनमाथि छलफल शुरु गरेको छ। नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी जहाजमा भएको भ्रष्टाचारबारे सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रवितेदनमाथि छलफल शुरु भएको हो।
वाइडबडी भ्रष्टाचारबारे शुरु भएको उक्त छलफलमा पत्रकारलाई निषेध गरिएको छ। सभापति पार्वती खरेलले पत्रकारलाई समिति बैठकमा बस्न नदिएकी हुन्। उपसमितिले प्रतिवेदन तयार पारेको दुई महिनाभन्दा बढी भए पनि अहिलेसम्म गोप्य राख्दै आएको छ।
यसअघि संसदकै लेखा समितिले विमान खरिदबारे छानबिन गरेर चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको थियो। लेखाको निर्देशनअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियाबारे छानबिन गरिरहेको छ। उपसमितिको प्रतिवेदनबारे आजै निचोड निकाल्ने भन्दै मर्यादापालक लगाएर पत्रकारहरुलाई बैठकस्थलबाट बाहिर निकालिएको छ।
सांसद दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमा गठित उपसमितिले बुधबार बसेको समितिको बैठकमा सभापति पवित्र निरौला खरेललाई गत वैशाखमा प्रतिवेदन बुझाएको थियो।



लाेकपाटी न्यूज

