काठमाडौं, २३ जेठ। काठमाडौंको बिजुली बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा ४१ प ५३६ नम्बरको मोटरसाइकले साइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा ललितपुरका ३७ वर्षीय अम्मरराज ताम्राकारको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्। उनको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना आज बिहान ४ः३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।



लाेकपाटी न्यूज
