गौतमबुद्ध विमानस्थलको म्याद थप्ने तयारी

Gautam Buddha International Airport
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार १३ गते (जुन २८) हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ।

विमानस्थलको मुख्य भागका रुपमा रहेको ३ किलोमिटरको धावन मार्ग ए निर्माण सम्पन्न भएको छ। एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी वे’ पनि निर्माण सकिने क्रममा छ। तोकिएको समयमा पूरै काम नसके पनि मुख्य कामहरु असार १३ गतेसम्म सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

‘धेरै प्रगति भएको छ, तोकिएको समय जुन २८ सम्म सबै काम नसकिए पनि मुख्य कामहरु सकिनेछन, ’ उनले भने। यो समाचार आजको कारोबार दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्