विप्लवलाई विश्वप्रकाशको प्रश्न : ‘प्रचण्ड मारेर कस्तो राज्यसत्ता ल्याउनुहुन्छ ?’

bishwa prakash
लाेकपाटी न्यूज

गुल्मी, २० जेठ । नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपालाई विद्रोह छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सुझाएका छन्।

कांग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियानअन्तर्गत सदरमुकाम तम्घासमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको सभामा नेता शर्माले भने, ‘विप्लवहरुले प्रचण्डलाई मार्ने लिस्टमा राखेको बताइन्छ। अहिलेको प्रचण्ड हिजोको प्रचण्ड होइन। हिजोको प्रचण्ड बुलेटबाट शक्ति आउँछ भन्ने प्रचण्ड हुनुहुन्थ्यो, अहिलेको प्रचण्ड ब्यालेटबाट शक्ति आउँछ भन्ने हुनुहुन्छ । ‘

उनले प्रचण्डलाई बाँच्ने अधिकार भएकाे समेत बताए। ‘शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार छ। अखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो’ उनले प्रश्न गरे।