काठमाडाैं, २० जेठ । सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मालाई पक्राउ पुर्जी जारी गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीले राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको भन्दै मेयरसहित ४ जनालाई तीन दिनअघि पक्राउ पुर्जी जारी गरेको हो ।
लिखित रुपमा नै आग्रह गर्दा पनि जनप्रतिनिधिले अटेर गरेपछि पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमूख धिरेन्द्रप्रसाद सिंहले जानकारी दिए । डिभिजन वन कार्यालयले पक्राउ पुर्जी जारी गरेका ४ जनामध्ये वडा नम्बर १ का वडाध्यक्ष नारायण आचार्य, उनका छोरा सुशिलकुमार आचार्य र अन्य २ जना निर्माण समितिका पदाधिकारी रहेको प्रमूख सिंहले बताए ।
उनीहरु सप्तकोशी नगरपालिका १ स्थित अमाहा खोलाबाट गैरकानूनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न भएको वन कार्यालयको आरोप छ । नगरपालिकाको विकासका काममा वन कार्यालयले अवरोध गरेको सप्तकोशी नगरपालिकाका मेयर शर्माको आरोप छ ।



लाेकपाटी न्यूज

