काठमाडौं, १९ जेठ। विप्लवका पोलिटव्युरो सदस्य पदम राई नेकपा प्रवेश गरेपछि पार्टीले उनलाई कारवाही गरेको छ। आइतबार नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै नेता राईलाई कारवाही गरेको बताए।
‘रुपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झन् झन् पार्टीको विरुद्ध अन्तरध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ’, प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा क्रान्तिको प्रक्रियामा पलायन स्वभाविक भएको भन्दै कारवाहीमा परेर, पालयन भएर सरकारको मतियार बनेका तत्वको भ्रमममा नपर्नसमेत आग्रह गरिएको छ।
आइतबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवका पोलिट्ब्युरो सदस्य राईलाई नेकपा प्रवेश गराएका हुन्।




लाेकपाटी न्यूज

