विप्लवका पोलिटव्युरो सदस्य राई नेकपा प्रवेश

Padam Rai
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य नेकपा प्रवेश गरेका छन्। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपा प्रवेश गराएका हुन्।

अध्यक्ष प्रचण्डले नेकपा प्रवेश गरेका नेता राईलाई पार्टीमा उचित स्थान र उपयुक्त जिम्मेवारी दिने बताए। उनले विप्लव नेतृत्वमा रहेका अन्य नेता तथा कार्यकर्तालाई पूर्वाग्रह नराखीकन मुलधारमा फर्कन आग्रह समेत गरे। सबै कम्युनिस्ट एक हुनुको विकल्प नरहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘एकताको विकल्प छैन, एकदिन विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्छ।’

नव प्रवेशी नेता राईले देशलाई द्वन्द्वमा जानबाट बचाउँन आफू नेकपामा प्रवेश गरेको बताए। उनले देश ठूलो द्वन्द्व पार गरेर अगाडि बढेको र अब द्वन्द्व थेग्न नसक्ने उनको भनाइ थियो। नेता राईले आफ्नो बुद्धि र विवेकले भइासम्मको काम नेकपामा बसेर गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।