सैनिक जवानमाथि बाघको आक्रमण

tiger
पुरानो तस्वीर
लाेकपाटी न्यूज

चितवन, १८ जेठ। चितवनमा ड्युटीमा रहेका नेपाली सेनाका सैनिकमाथि बाघले अचानक आक्रमण गरेको छ। कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका सैनिक बाघको आक्रमणबाट गम्भिर घाइते भएका हुन्।

घाइते हुनेमा ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विक रहेको प्रहरीले जनाएको छ। उनको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको जनाइएको छ। शुक्रबार अपराह्न ड्युटीमै रहेको समयमा उनीमाथि बाघले आक्रमण गरेको हो।

उनलाई तत्काल उपचारका लागि भरतपुरस्थित अस्पतालमा लगीए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं छाउनी अस्पतालमा रेफर गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्