युवा सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा

KP sharma oli
लाेकपाटी न्यूज

कास्की, १८ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली आज प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्न पोखरा पुगेका छन्। शनिबार नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्न प्रधानमन्त्री पोखरा पुगेका हुन्।

पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ। त्यस्तै, प्रधानमन्त्री ओली शनिबार पोखराका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। उनी पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणासमेत गर्ने बताइएको छ।

कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। प्रधानमन्त्री ओली तीन वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्