नयाँ बजेट : प्रदेश र स्थानीय तहले कति पाए ?

budget Nepal
लाेकपाटी न्यूज

काठमाडाै‌ं । नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक भएको छ। बजेटमा संघीय सरकारले प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड बजेट अनुदानमा दिने भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा खर्चको आवश्यकता, मानव विकास सूंचकांकको अवस्था तथा प्रदेश र स्थानीय तहबीचको सामाजिक असमानताको आधारमा बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.  युवराज खतिवडाले जनाए।

प्रतिनिधि सभामा बजेट पेश गर्दै अर्थमन्त्री डा. खतिवडाले सशर्त अनुदानतर्फ प्रदेशलाई ३३ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड विनियोजन गरेको जानकारी दिए।

उनले राजस्व बाँडफाँटमा जनसंख्या र क्षेत्रफलको आधारमा प्रदेश र स्थानीय तहलाई १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाँट हुने जानकारी दिए। तीनै तहमा महिना समाप्त भएको पन्ध्र दिनभित्र यस्तो रकम प्राप्त हुने व्यवस्था मिलाउने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्