उपराष्ट्रपति पुनद्धारा अष्ट्रियाका राष्ट्रपतिसँग भेट

pun
लाेकपाटी न्यूज

काठमाण्डौं, १४ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन होफवर्गमा भएको सो भेटमा उनीहरुबीच दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो। भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताए।

उपराष्ट्रपति पुनले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरेको सहकार्यप्रति खुशी व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रियाको हालको राजनीतिक प्रक्रियाबारे संक्षिप्त रुपमा जानकारी गराएका थिए।

भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याललगायत सहभागी थिए। उपराष्ट्रपति पुनले सोमबार नै होफवर्ग सङ्ग्राहलयमा भइरहेको नेपाली कला प्रदर्शनीको अवलोकनसमेत गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्