टोकियो, १३ जेठ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन्।
नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन्। त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो। त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राटले उज्यालो निलो टाई लगाएका थिए।
भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी थिए। जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाएकी थिइन् भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाएकी थिइन्। राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो। (एएफपी)



लाेकपाटी न्यूज

