‘विप्लव’ समूह वार्तामा आउनुको विकल्प छैन : प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

काठमाडौं, १३ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह वार्तामा आउनुको विकल्प नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले शान्तिपूर्ण राजनैतिक रुपमा वार्तामा आउनुको विकल्प नभएको बताएका हुन्।

उनले भने, ‘बम आंतक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्नु पनि बिल्कुल सहि छैन्, मलाई लाग्छ यो सायद अन्तिम अन्तिमतिर हुनुपर्छ।’

प्रचण्डले भने,’ बन्द, बम आंतक, ईत्यादि, जुन उहाँहरुले गरिरहनु भएको छ, मलाई लाग्छ प्रकानान्तरले सायद वार्ताको वातावरण बनाउनका लागि हो कि मैले चाँहि त्यसरी बुझेको छु। ’

उनले अहिलेको राष्ट्रिय,अन्तर्राष्ट्रिय र जनचाहना नै देशको विकास गर्नु, समृद्धितिर समाजवादको नयाँ ढङ्गले तयारी रहेको बताए। वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो समस्या नभएको भन्दै प्रचण्डले वार्ताको पहल भइरहेको संकेत गरे।

के पहल भइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने ‘पहल भइरहेको होला नि, सीके राउतको पहल भइरहेको थाहा भएन एकैपटक परिणाम आएपछि थाहा भयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्