काठमाडौं, १३ जेठ। सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सम्मानित गर्ने भएको छ। गृहमन्त्रालयले तयार गरेको यस सूचीमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, विप्लव नेता सन्तोषकुमार बुढामगर, समानुपातिक सभासद उमा भुजेल रहेका छन्।
पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।त्यस्तै बुढा मगरले २०६४ सालमा रोल्पा २ बाट चुनाव जितेका थिए भने पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद हुन उमा भुजेल। उनी हाल विप्लव समूहकी पोलिटब्यूरो सदस्य छिन्।
मन्त्रालयले तयार पारेको सुचीमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दोस्रो नम्बरमा प्रधानमन्त्री केपी ओली, तेस्रो नम्बरमा सभामुख कृष्ण बहादुर महरा लगायत रहेका छन्।
सरकारले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई सविधानसभा पदकले सम्मान गर्न लागेको हो। प्रत्यक्ष र समानुपातिक गरी कुल ११ सय ९ जनालाई सम्मान गर्न लागेको हो।



लाेकपाटी न्यूज

