अत्यधिक गर्मीले विद्यालय बन्द

लाेकपाटी न्यूज

काठमाडौं, १३ जेठ। अत्यधिक गर्मीले चार दिन विद्यालय बन्द हुने भएका छन्। दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन्।

अत्यधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो । प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७ गतेसम्म बन्द हुनेछन्।प्याब्सन र एनप्याब्सनले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो जानकारी गराएका हुन्।

अत्यधिक गर्मीका कारण विभिन्न रोगको सङ्क्रमण बढ्ने भएकाले विद्यालय बन्द गर्नुपरेको प्याब्सन अध्यक्ष रेशमबहादुर बुढा र एनप्याब्सन अध्यक्ष भीमबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्