काठमाडौं, १३ जेठ। आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन्।
आइतबार उनीहरुले विभिन्न ठाउँमा विष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन् ठाउँ ठाउँमा बम समेत राखे।
प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ।ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ।
राजधानीका दर्जनभन्दा बढी ठाउँमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।
उनीहरु विरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा एक दर्जन भन्दा बढी बिप्लव समुहका कार्यकर्ता पक्राउ परेको उनले बताए। यता सशस्त्र प्रहरी बलले पनि बिप्लव समूहका कार्यकर्तालाई हतियार तथा विष्फोटक पदार्थसहित पक्राउ गरेको छ । नेपाल समाचारपत्रमा खबर छ।



लाेकपाटी न्यूज

