चितवन, १२ जेठ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छोटो समयमै महानगरपालिकाले उपलब्ध गराएको विद्यालयमा आवश्यक पूर्वाधार निर्माण गरी पठनपाठन सुरु गरेकोमा प्रहरी विद्यालयलाई धन्यवाद दिएकी छिन्।
आइतबार प्रहरी विद्यालयको अनुगमनपछि उनले विद्यालय परिवारलाई धन्यवाद दिएकी हुन्। महानगर प्रमुख दाहालले यस विद्यालयले यस भेगका विधार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे। गुणस्तरीय, वैज्ञानिक र ब्यावहारिक शिक्षाबिना राष्ट्रले लिएको लक्ष्य हासिल गर्न नसकिने बताउँदै उनले यस काममा विद्यालय सहयोगी हुने बताइन्।
उनले प्रहरी विद्यालयको संरक्षकत्व ग्रहण गर्न महानगर सधैं तयार रहेको बताइन्। प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले भरतपुर महानगरले समयमै जग्गा र भौतिक पूर्वाधार प्रदान गरेर विद्यालय संचालन गर्ने वातावरण मिलाएकोमा प्रमुख दाहाललाई धन्यवाद ब्यक्त गर्दै शान्तिपुर प्रहरी विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने प्रतिवद्धता जनाए।
यस विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समयमै सहयोग पुग्ने बताउँदै महानिरीक्षक खनालले शैक्षिक गुणस्तर वृद्धि र उच्च अनुशासन वृद्धिमा ध्यान दिन शिक्षक कर्मचारीलाई निर्देशन समेत दिए।
नेपाल पुलिस स्कुल शान्तिपुर र भरतपुर महानगरपालिकाबीच गत वर्ष चैतमा २ बिघा जग्गासहित भौतिक पूर्वाधार हस्तान्तरण गरी विद्यालय संचालन सम्बन्धी सम्झौता सम्पन्न भएको थियो।हाल विद्यालयमा कक्षा १ देखि ५ सम्म २ सय ६५ जना छात्रछात्रा अध्ययनरत छन्।



लाेकपाटी न्यूज

