काठमाडौं,११ जेठ। भारतको लोकसभा चुनावको अन्तिम मत गणानाको परिणाम सार्वजनिक भएको छ। यस पटकको चुनावमा भाजपाले सुनामी नै ल्याएको छ। उसले एक्लैले स्पष्ट बहुमत पाएको छ।
लोकसभाका कुल ५४३ भाजपा ३०३ निर्वाचन क्षेत्रमा विजयी भयो भने कांग्रेस पार्टी ५२ मा सीमित भयो। भाजपाको गठबन्धनले ३५० क्षेत्रमा जित्यो। भाजपाको राष्ट्रवादी तथा हिन्दु धर्मवादी नीतिले भाजपा यस पटक जनतामाँझ प्रिय बन्यो। विषेशगरी पुलवामामा आक्रमणपछि आक्रोसित बनेका जनताको जनचाहना अनुसार बालाकोटमा मोदी सरकारले जवाफी आक्रमण गरेपछि जनतामाँझ मोदी सरकार थप चर्चा र लोकप्रिय बनेको थियो।
भारतीय सञ्चारमाध्यमहरुले पनि मत सर्बोक्षणको प्रक्षेपण गर्दा मोदी सरकार फेरी दोहोरिने भन्दै रिपोर्ट सार्वजनिक गरेको थियो। जसलाई भाजपाको जीतले सही विश्लेषण गरिएको साबित गरि दिएको छ। भाजपा र कांग्रेस शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु) ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन्।
त्यस्तै भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन्। कांग्रेसले ५२ सिट मात्र जितेको छ। जुन अघिल्लो चुनावमा भन्दा ८ सिट बढी भएको निर्वाचन आयोगको भनाई छ। कांग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन्। त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा बिजय हासिल गरेको छ।



लाेकपाटी न्यूज

