काठमाडौं, १० जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिएका छन्।
लोकसभा चुनावमा विजयी भएकोमा गान्धीले मोदी र उनको पार्टी भारतीय जनता पार्टी भाजपालाई बधाई दिएका थिए।
मोदीले यसको जवाफ ट्विटरमा दिँदै गान्धीलाई धन्यवाद दिएका छन्। लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ। नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्दै छन्।
भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ। पश्चिम बंगाल र ओडिशामा पार्टीले सर्वश्रेष्ठ प्रदर्शन गरेको छ।
चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्लीमा रहेको भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना भएको बताए। उनले बदनियतले कुनै काम नगर्ने पनि प्रस्ट पारे।



लाेकपाटी न्यूज

