लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा, भाजपालाई अत्याधिक बहुमत

narendra modi
लाेकपाटी न्यूज

काठमाडौं, १० जेठ। भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। अब मात्र १९ सिटको नतिजा आउन बाँकी छ। १९ सिटको नतिजा आँउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ।

सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ। यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ। उसको कुनै स्थानमा अग्रता देखिँदैन।

यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ।