विद्यार्थीबाट कुटिए प्रिन्सिपल, आँखामा गम्भिर चाेट

principal
लाेकपाटी न्यूज

काठमाण्डौं, ९ जेठ। गोकर्णेश्वर नगरपालिका ६ का एक विद्यालयका प्रिन्सिपल विद्यार्थीको कुटाइबाट घाइते भएका छन्। अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउदै आएका विद्यालयका प्रिन्सिपल निर्मल तामाङ घाइते भएका हुन्।

तामाङको देब्रे आँखामा गम्भिर चोट लागेको छ।२२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट प्रिन्सिपल तामाङ घाइते भएका हुन्। छिरिङ तामाङ विद्यालयबाट १०,१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गर्दथे ।

सोही विषयमा विद्यार्थी तामाङका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडी कतै लागूऔषध दुब्र्यसनीमा त लागेको छैन ? भनेर विधालयका निर्देशक महाविर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा तामाङले अभिभावकमाथि आक्रमण गरेका थिए। आक्रमण छुटाउने क्रममा प्रिन्सिपल तामाङकोे देब्रे आँखामा गम्भिर चोट लागेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्