काठमाडौं, ८ जेठ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनसँग शिष्टाचार भेटवार्तागरका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीतिक स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो ।
भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए। उनले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदास्यता देखाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए। बेलायती सरकार द्विपक्षीय दातृ निकायहरु मध्ये सबैभन्दा ठूलो दातृ निकाय भएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउने तर्फ सरकार सजग रहेको स्पष्ट पारे। भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पारे।
भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धि सम्झौता निर्माणको चरणमा रहेको अवगत गराइन्। उनले नेपाल संघीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकारले सहकार्य र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राखिन्।
उनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरिन्। भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा संघीयता कार्यान्वयनको चरणलाई खुलेरै प्रशंशा गरेकी हुन्।



लाेकपाटी न्यूज

