बुटवल, ८ जेठ । दुई दिनअघि मृत फेला परेका कपिलवस्तु वाणगंगा नगरपालिका ६ का युवकको हत्या उनकै साथिहरुले गरेको खुलेको छ।
होटलमा मदिरा खाँदा उत्पन्न भएको सामान्य विवादपछि २७ वर्षका चिरञ्जीवि आचार्यको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो।आचार्यको जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामूदायिक वनमा भेटिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एम थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए।
आचार्यसहित ५ जना वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा पिउने क्रममा मोवाइल र १३ हजार रुपिंयाँको विषयमा विवाद भएको थियो। मदिराकै तालमा एउटाले मोवाइल हराउछ, अनि एकले अर्कोलाई चोर दोष लगाउने गर्दागर्दै विवाद बढेको थियो।
विवाद भएपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर सालझण्डी आएको र जंगलमा ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा कपिलवस्तु बाणगंगा ६ का २० वर्षका राजु बिक, ३३ वर्षका रमेश बिक, २८ वर्षका गोपाल खनाल, २४ बर्षका बसन्त खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
राजु र रमेश घटनाका मुख्य योजनाकार भएका प्रहरीको भनाइ छ। मोटरसाइकलमा ल्याएर ढुंगाहान्ने र जंगलमा फाल्ने काममा दोषी देखिएका छन्। गोपाल र बसन्तले आचार्यको शव कहाँ फाल्ने भन्ने योजना बनाएका हुन्।आचार्यको हत्यापछि मोटरसाइकललाई बाणगंगा १ मा रहेको खायरखानी जंगलमा लगेर चारै जना भागेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए।



लाेकपाटी न्यूज
