अस्पतालबाट भागेका अभियुक्त श्रेष्ठ पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, ८ जेठ। अस्पतालबाट भागेका अभियुक्त पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १६ वर्षीय किशोर पदम श्रेष्ठलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।

यसअघि मंगलबार स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएका बेला उनी भागेका थिए।वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंका अनुसार श्रेष्ठले आमा बिरामी भएकाले भागेको दाबी गरेका छन्।

‘अब उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्छ’,उनले भने। उनले एक जना बालिकासँग सहमतिमै शारीरिक सम्पर्क राखेका थिए।

तर, नाबालिका भएकाले उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।उनलाई सहयोग गरेको आरोपमा प्रहरीले अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्