काठमाडौं। जीवनमा उर्जा निकै ठूलो शक्ति हो। सकारात्मक सोचाइले तपाईको जीवनमाथि निकै ठूलो प्रभाव पार्दछ। हामीले यहाँ १७ भनाइहरु उल्लेख गरेका छौं, जसले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्न सकोस्।
१. हौसला हुनुपर्छ, जिन्दगी कुनै बेला पनि फल्न फुल्न सक्छ।
२. एउटा सपना चकनाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
३. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवश्य शिखरमा पुग्दछ।
४. मान्छे परिस्थितिले होइन, मनस्थितिले टुट्छ।
५. एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ।
६. सफलताका लागि तीन चीजको आवश्यकता पर्छ, लगनशीलता, धैर्यता र सकारात्मक सोच।
७. चुनौतीहरुले नै जिन्दगीलाई रोमाञ्चक बनाउँछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ।
८. कानमा तेल हालेर आफ्नो अभियान लागिरहनुस्, असम्भव केही छैन।
९. असम्भव भन्ने कुरा मूर्खहरुको शब्दकोषमा मात्र भेटिन्छ।
१०. राम्रा मान्छेहरु टाढैबाट चिनिन्छ, धोकेवाजहरु छेउमै भएर पनि चिन्न सक्दैन।
११. तिनीहरुको पर्वाह नगर्नुस्, जसको विश्वास समयको साथ बदलिन्छ, पर्वाह सदा उनीहरुको गर्नुस्, जसको बिश्वास तपाइमाथि तब पनि होस्, जब तपाइको समय बदलिन्छ।
१२. शिखर चढ्ने आँट गर्छौं भने कठिनाई भनेको केही छैन।
१३. न हतियारले मिल्दछ न अधिकारले मिल्दछ, दिलमा कब्जा त बस प्यारले मिल्दछ।
१४. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरिएको रिलेशनमा पहिलाको जस्तो मिठास आउँदैन।
१५. आजभोलिका मान्छेहरु पनि अजीवका छन्, गलत साबित हुँदा पनि माफी माग्दैनन्। बरु, सम्बन्ध नै तोडिदिन्छन्।
१६. जीवनमा कहिल्यै कसैसित तुलना नगर्नुस्, तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ, आफ्नो गुण चिन्नुस् र अघि बढ्नुस्।
१७. विद्याका साथ जीवनको आदर्श केही उच्च हुँदैन भने पढ्नु व्यर्थ छ।



लाेकपाटी न्यूज

