पाँचथर हत्याकाण्ड : ज्वाईंको शव नजिकै रक्ताम्य खुकुरी भेटीयो

CHURa prahar
लाेकपाटी न्यूज

पाँचथर, ७ जेठ। सोमबार राति भएको पाँचथर हत्याकाण्डको अनुसन्धान जारी नै छ। दुई परिवारका ९ जनाको ज्यान जाने गरि भएको उक्त हत्याकाण्डमा बमबहादुरका कान्छा ज्वाईंको संलग्नता रहेको देखिएको थियो।

अनुसन्धानका क्रममा हत्यामा प्रयोग गरिएको रक्ताम्य हतियार फेला परेको छ। मृतक बमबहादुर फियाकका ज्वाईं मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै रक्ताम्य खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ। माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको छ।

खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए। अब मानबहादुरको शब आरुबोटे ल्याउन लागीएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्