अमेरिकाले दियो हुवावेलाई नब्बे दिनकाे छुट

huawei-logo-mwc
लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ। अमेरिकाले चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावेलाई ९० दिनको छुट दिएको छ। हुवावेमाथि लगाइएको प्रतिबन्धमा ९० दिनको छूट दिने निर्णय गरेको छ।

अमेरिकाले हुवावेमाथिको प्रतिबन्धबाट आउनसक्ने समस्याबाट बच्न अमेरिकाले यस्तो निर्णय गरेको हो। प्रतिबन्धको निर्णयमा कुनै किसिसमको असर नपरोस् भन्नका लागि पनि अमेरिकाले यस्तो निर्णय गरेको बताइएको छ।

राष्ट्रिय सुरक्षाको कारण बताउँदै अमेरिकाले हुवावेलाई एनटीटी सूचीमा समावेश गरेको थियो । यो सूचीमा समावेश भएका कम्पनीले विशेष अनुमति विना अमेरिकी कम्पनीसँग कारोबार गर्न पाउँदैनन्। अमेरिकाका वाणिज्य सचिव विल्बर रोसले हुवावेलाई छूट दिँदा उससँग आश्रित रहेका अन्य अमेरिकी तथा अन्य मुलुकका कम्पनीलाई निर्णय लिन लामो समय मिल्ने बताए। यसबाट हुवावेका प्रयोगकर्तालाई अहिले तत्कालका लागि कुनै समस्या हुनेछैन।

अमेरिकाले लगाउँदै आएको जासुसीको आरोपको हुवावेले भने खण्डन गर्दै आएको छ। कम्पनीले अमेरिकासँगको वार्ताको माध्यमबाट यसको आशंका हटाउने प्रयास हुने बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्