काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी फेर्दै हिँड्ने डा. बाबुराम भट्टराईलाई चिडियाखानामा राख्नुपर्ने बताएका छन्।
उनले डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलदाई चिडियाखानामा राख्नुपर्छ भनेकोमा आपत्ति जनाउँदै नेपाली कांग्रेसलाई नभएर डा. भट्टराईलाई नै चिडियाखानामा राख्नुपर्ने भएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता गुरुङले डा. भट्टराई जस्ता नेताले यस्तो अनावश्यक कुरा गरी हिँड्छन् भन्ने देखाउन समेत उनलाई चिडियाखानामा राख्नुपर्छ भन्ने संकेत दिएका छन्। भट्टराईतर्फ इङ्गित गर्दै राजनीतिमा बहस चलाउनु राम्रो कुरा भएको समेत खुलाएका छन्।




लाेकपाटी न्यूज

