प्रेसर कुकर विष्फोट हुँदा एक महिलाको मृत्यु

Death
लोकपाटी न्यूज

विराटनगर। मोरङमा प्रेसर कुकर विस्फोट भएपछि घाइते बनेकी महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको हो।

घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन्। उनको निधारमा कुकरको सिट्ठी उछिट्टिएर लागेको थियो ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्