काठमाडौं। सहकारी ठगीको आरोपमा काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिने काम जारी छ। कास्की प्रहरीको हिरासतमा रहेका रविसँगै केही दिनयता प्रहरीले लगातार बयान लिइरहेको छ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँगको बयान आज सक्ने प्रहरीको तयारी छ। कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए। लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको स्रोतले जनाएको छ। पोखरामा आज बयान सकिएसँगै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।
पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम सहकारी ठगीमा पवि रवि जोडिएका छन्। तिहार लागेसँगै उनी केही दिन हिरासतमै रहनेछन् भने तिहारलगत्तै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ।



लोकपाटी न्यूज

