काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सय दिनमा सरकार असफल भए पनि आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्।
मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको सय दिनमा असफल भए पनि आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका हुन्।
अध्यक्ष प्रचण्डले सरकारको सय दिन असफल रहेको उल्लेख गरे। उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे। वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए।



लोकपाटी न्यूज

