सिरहामा वडा अध्यक्षमाथि सार्वजनिक मुद्दा

लाेकपाटी न्यूज

महेश सिंह महतो÷सिरहा, ६ जेठ । समान्य विवादमा सार्वजनिक मुद्दा मामला गरेपछि कल्याणपुर ५ का वडाध्यक्ष दिपेन्द्र यादवले आपत्ती जनाएका छन् ।

विद्यार्थी भर्ना विषयमा कल्याणपुर ६ मा स्थानीय श्रीचन साह (ललियावाला) ले मदिरा सेवन गरी अपशब्द प्रयोग गरेपछि विवाद बढेको छ । अपशब्द प्रयोग गर्ने श्रीचनलाई स्थानीयले प्रहरी बोलाएर नियन्त्रण गर्न खोज्दा उनका श्रीमती काजल साहले बाटो रोक्दा विवाद बढेको हो ।

श्रीचनका श्रीमती साहले आफ्ना श्रीमानलाई नियन्त्रण लिनबाट रोक्दा लडेर सडकमा खस्दा उनलाई अस्पताल भर्ना गरियो । महिलाको मुद्दा बनाएर श्रीचन पक्षले नक्कली ढङ्गबाट लामो समयसम्म उपचार गरी स्थानीय कुशेश्वर साहमाथि बनावटी आरोप लगाएर नक्कली मुद्दा तयार गरिएको छ ।

महिलाको अवस्था समान्य रहे पनि श्रीचन पक्षले कुशेश्वर साहमाथि सार्वजनिक मुद्दा लगाएर गाउँलाई आतङ्कित बनाएको आज गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । उता, मदिरा सेवन गरी होहल्ला गरेका श्रीचनलाई प्रहरीले कारवाही नगरी संरक्षण गरेको आरोप छ ।

कुशेश्वर साहले भने, ‘माघ ५ गते सिडियोलाई कालो झण्डा देखाएकोले मलाई टार्गेट बनाएर उनीहरुलाई उस्काएर मुद्दा हाल्न लगाएको हो । महिलालाई भिडमा मैले देखेको पनि थिइन । कसरी महिलामाथि हातपात गर्न सक्छु ।’

कल्याणपुर ६ का वडाध्यक्ष मोतीबुल राईन स्वतन्त्रबाट विजय भएका छन् । उनका चार जना सदस्य राजनीतिक दलबाट विजय भएकाले विगत लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ ।

अध्यक्ष राईनले भने ‘श्रीचनकी श्रीमती काजल आज पनि अस्पतालमा उपचारत छन् । मुद्दाले नै अन्तिम रुप दिने छ । विवाद म पनि चाहँदिन । बजेट सार्वजनिक गरिसकेको छु । फेरि पनि बजेट सार्वजनिक गर्न तयार छु । घटना बैशाख २९ गते राती भएको हो । चिकना स्कूलका प्रअ राजकुमार साहले ‘कुशेश्वर साह निर्दोष भएको भन्दै यो समान्य विवाद भएकाले गाउँमै मिलाएर लैजानुपर्ने बताए। यस घटनामा महिलालाई गोटी बनाएर राजनीतिक रंग लेपिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्