युवाको मेहनतले प्रदेशको विकास हुन्छ : मन्त्री दुलाल

yubraj Dulal
लाेकपाटी न्यूज

हेटौंडा, ६ जेठ। प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले युवाको मेहनतले प्रदेशको विकास हुने बताएका छन्। प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश विकास स्वयंसेवक अभिमुखीकरण कार्यक्रमको अवसरमा बोल्दै उनले प्रदेशको विकासको हरेक क्षेत्रमा सहयोग गर्ने गरी यो कार्यक्रम ल्याइएको बताए।

युवाहरुको मेहनती काम, जोस र जाँगरले मात्र देशको विकास गर्न सकिने मन्त्री दुलालले बताए। स्वयंसेवक पदलाई जागिरको रुपमा नहेरीकन काम गर्नका लागि समेत उनले निर्देशन दिए। अब यस प्रदेशमा सडकमा बस्नुपर्ने बाध्यता हटाउन लागिएको उनले बताए। अब सकारात्मक कामको विकास गर्नुपर्ने बताउँदै उनले पदको दुरुपयोग नगरीकन स्वयंसेवी ढंगले काम गरेर राष्ट्रको विकास गर्न लाग्नुपर्ने बताए।

कामका सिलसिलामा देखिएका चुनौतीहरुलाई चिरेर नयाँ संभावनाको खोजी गरेर काम गर्नुपर्ने मन्त्री दुलालले बताए। काम बिहीन भएका युवालाई काम दिने गरी यो कार्यक्रम ल्याइएको बताए। सधंैभरी स्वंसेवक भएर काम गर्नुभन्दा पनि दुई वर्षसम्म मात्र यो कार्यक्रममा सहभागि हुनुपर्ने बताए। स्वयंसेवकले जागिरका रुपमा भन्दा पनि स्वयंसेबी ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रदेश ३ को नीति तथा योजना आयोगका सदस्य एमुना कडेंलले स्वयंसेवकले राज्यको प्रतिनिधित्व भएर काम गरिनुपर्ने बताए। कार्यक्रम सामाजिक विकास मनत्रालयका सचिव दिपेन्द्र सुवेदीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्