रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्। पार्टी अनुशासन आयोग प्रमुख भरतमणि देवकोटाका अनुसार न्यौपानेले करिब एक महिना अघि नै पदबाट राजीनामा दिएका हुन्।

न्यौपानेको राजीनामा स्वीकृत भइसकेको देवकोटाले जानकारी दिए। उनका अनुसार पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएका हुन्। उनी कानुन व्यवसायी हुन्।

देवकोटाका अनुसार अनुशासन आयोगबाट राजीनामा दिएको ६ महिना कुलिङ पिरियड रहन्छ। त्यसपश्चात् मात्र न्यौपाने पार्टी राजनीतिमा सक्रिय हुन पाउँछन्।